सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललितानिवास प्रकरणमा फैसला हुँदै, यी हुन् १७५ प्रतिवादी र उनीहरूको सम्बन्ध

बिहीबार, ०३ फागुन २०८०, १५ : ३५
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा भूमाफियाको योजनामा व्यक्तिको बनाइएको सम्बन्धी मुद्दामा बिहीबार विशेष अदालत फैसला सुनाउँदैछ । माघ २ गतेदेखि २१ दिन निरन्तर सुनुवाइ गरिएको मुद्दामा बिहीबार फैसला सुनाउन लागिएको हो । 

विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीका अनुसार १७५ जना प्रतिवादी रहेको उक्त मुद्दाको फैसला बिहीबार सुनाउन लागिएको हो । बुधबार नै सुनाउने भनिएपनि बुधबार समय अभाव भएपछि बिहीबार फैसला सुनाउन लागिएको हो ।

विशेष अदालतका न्यायाधीशत्रय डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा करिब १ महिना निरन्तर सुनुवाइ गरिएपछि उक्त मुद्दामा फैसला सुनाउन लागिएको हो । 

सरकारले अधिग्रहण गरिसकेको ललितानिवास क्याम्पभित्रको जग्गा पशुपति टिकिन्छा गुठी नामक नक्कली गुठी तयार पारी नक्कली मोहीसमेत तयार पारेर विक्री वितरण गरिएको थियो । सुरुमा राणा परिवारको नाममा रहेको उक्त जग्गा सरकारले २०२१ देखि २०३२ सालको अवधिमा मुआब्जा दिई अधिग्रहण गरेको थियो । 

तर २०४६ को जनआन्दोलनपछि भूमाफियाको मिलेमतोमा उक्त जग्गा पटकपटक गरी विभिन्न व्यक्तिको नाममा नामसारी गरिएको थियो । उक्त सरकारी जग्गा व्यक्तिको नाममा बनाउन भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको मुख्य भूमिका रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । त्यसपछि मालपोत कार्यालय डिल्लीबजार, नापी कार्यालय काठमाडौँ, लगायतका काम गर्ने सरकारी कर्मचारी, उच्च तहका सरकारी कर्मचारी, नेपाल सरकारका मन्त्री लगायतको समेत भूमिका रहेको भन्दै अख्तियारले १ सय १० जनालाई सजायसहितको माग गरी र बाँकी ६५ जनालाई जग्गा जफत गरी सरकारको नाममा ल्याउने प्रयोजनका लागि मुद्दा दायर गरेको थियो । २०७६ माघ २२ गते दर्ता भएको उक्त मुद्दामा कलाधर देउजा, मीन बहादुर गुरुङ, विजयकुमार गच्छदार, शोभाकान्त ढकाल, रामकुमार सुवेदी, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, छविराज पन्त लगायतका व्यक्तिलाई प्रतिवादी बनाइएको छ । 

  • यी हुन् मुद्दा ललितानिवास प्रकरणमा मुद्दा चलाइएका १७५ प्रतिवादी

lalita pratibadi (1)lalita pratibadi (2)lalita pratibadi (3)lalita pratibadi (4)lalita pratibadi (5)lalita pratibadi (6)lalita pratibadi (7)lalita pratibadi (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप