सरकारले बनायो माइक्रो ब्रुअरीसहित रेष्टुरेन्ट सञ्चालन मापदण्ड, रेष्टुरेन्टमा नै बियर बनाउन मिल्ने
काठमाडौँ । सरकारले माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट सञ्चालनसम्बन्धी मापदण्ड बनाएको छ । यससँगै, कुनै पनि रेष्टुरेन्टमा वार्षिकरुपमा खपत हुने बियर आफैँले उत्पादन तथा बिक्रीवितरण गर्न पाउने भएको छ । माइक्रो ब्रुअरीको अर्थ वार्षिकरुपमा ३ हजार हेक्टोलिटर क्षमताको बियर रेष्टुरेन्टभित्रै सञ्चालन गर्न मिल्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको उद्योग विभागले माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट सञ्चालन सम्बन्धी मापदण्ड बनाएको हो । सरकारले लामो समयदेखि माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक पर्ने मापदण्ड बनाउने तयारी गरेको थियो । माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट सञ्चालन गर्न २०० सिट क्षमताको रेष्टुेन्ट चाहिन्छ ।
सो क्षमताको रेष्टुरेन्टमा वार्षिक ३ हजार हेक्टोलिटर बियर उत्पादन गर्दै आफ्नै रेष्टुरेन्ट भित्र मात्रै खपत गर्न पाइन्छ । यस्तै, सो रेष्टुरेन्ट सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था मापदण्डले गरेको छ । रेष्टुरेन्टसहितको माइक्रोब्रुअरी सञ्चालनका लागि २४ सय वर्ग फिटको क्षेत्रफल चाहिन्छ ।
यसबाहेक, ब्रुअरीका लागि भनेर छुट्टै १२ सय वर्ग फिट क्षेत्रफल छुट्याउन पर्ने जनाइएको छ । रेष्टुरेन्टले सञ्चालन गर्ने माइक्रो ब्रुअरीबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा ६ प्रतिशतभन्दा माथि राख्न पाइनेछैन । यसबाहेक, माइक्रो ब्रुअरीलाई पक्की भवन (आरसीसी ब्यूल्डिङ)मा स्थापना गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण