मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

५८ यात्रु बोकेको श्री एयरलाइन्सको जहाज सुरक्षित अवतरण, भएको के हो ?

बिहीबार, ०३ फागुन २०८०, १८ : २०
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । सुर्खेतबाट काठमाडौँको उडानमा रहेको श्री एयरलाइन्सको जहाज सुरक्षित अवतरण भएको छ । उडानकै क्रममा फ्ल्यापमा समस्या देखिएको जहाज बिहीबार त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो । 

त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जहाजमा समस्या देखिए पनि सुरक्षित अवतरण गराउन सकिएको बताए । विमानको फ्ल्याप ब्रेक लगाउन प्रयोग हुने बताइएको छ ।  विमानमा ५८ जना यात्रु सवार थिए । 

एकाएक समस्या देखिएपछि विमान केहीबेर आकासमै घुमेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप