बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ललिता निवासको जग्गा सरकारको नाममा आउने

बिहीबार, ०३ फागुन २०८०, २० : ५८
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ ।  बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा आउने भएको छ । बिहीबार विशेष अदालतले गरेको फैसला अनुसार ललिता निवासको सबै जग्गा सरकारको नाममा आउने भएको हो । 

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास र त्यसले चर्चेको करिब १ सय ३६ रोपनी जग्गा सरकारका नाममा कायम हुने फैसला गरेको छ । 

अदालतको फैसलासँगै विभिन्न व्यक्तिका नाममा रहेको जग्गा जफत गरी फिर्ता ल्याउन सरकारलाई बाटो समेत खुलेको छ । सरकारको गैरकानुनी निर्णयका आधारमा तत्कालीन भोगाधिकारी, विचौलिया, व्यापारी र कर्मचारीले सरकारी जग्गा हडपेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप