शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विशेष अदालतको फैसला : एनआरएनएको करोडौँको सम्पत्ति जफत हुने

बिहीबार, ०३ फागुन २०८०, २३ : ३७
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । विशेष अदालतको फैसलासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनसहितको जग्गा जफत हुने भएको छ । 

विशेष अदालतका विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास र त्यसले चर्चेको जग्गा सरकारका नाममा कायम हुनेगरी फैसला गरेसँगै एनआरएनएको सम्पत्ति पनि जोखिममा परेको हो।  

शेष घले अध्यक्ष हुँदा एनआरएनएले बालुवाटारमा ३ रोपनी भन्दा धेरै जग्गा झण्डै १३ करोड रुपैयाँ खर्चिएर किनेको थियो । पछि सोही विवादित जग्गामा भवन बनाइएको थियो भने सोही स्थानबाट सचिवालयले काम गर्दै आएको छ । 

विश्वभरका गैरआवासीय नेपालीले दिएको चन्दा सहयोगमा यो सम्पत्ति किनिएको  एनआरएनए अभियन्ताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप