विशेष अदालतको फैसला : एनआरएनएको करोडौँको सम्पत्ति जफत हुने
बिहीबार, ०३ फागुन २०८०, २३ : ३७
काठमाडौँ । विशेष अदालतको फैसलासँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनसहितको जग्गा जफत हुने भएको छ ।
विशेष अदालतका विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास र त्यसले चर्चेको जग्गा सरकारका नाममा कायम हुनेगरी फैसला गरेसँगै एनआरएनएको सम्पत्ति पनि जोखिममा परेको हो।
शेष घले अध्यक्ष हुँदा एनआरएनएले बालुवाटारमा ३ रोपनी भन्दा धेरै जग्गा झण्डै १३ करोड रुपैयाँ खर्चिएर किनेको थियो । पछि सोही विवादित जग्गामा भवन बनाइएको थियो भने सोही स्थानबाट सचिवालयले काम गर्दै आएको छ ।
विश्वभरका गैरआवासीय नेपालीले दिएको चन्दा सहयोगमा यो सम्पत्ति किनिएको एनआरएनए अभियन्ताहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण