मधेश प्रदेश सरकारले ६ गते विश्वासको मत लिँदै
वीरगन्ज । मधेश प्रदेश सरकारले फागुन ६ गते विश्वासको मत लिने भएको छ । सरकारमा सहभागी दलहरुमध्ये कुनै दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने संवैधानिक प्रावधान छ ।
सोही व्यवस्था अन्तर्गत मधेश प्रदेश सरकार गठन भएको २७ औँ दिनमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत लिन लागेको प्रदेशसभा कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री यादवले आइतबार दिउँसो १ बजे विश्वासको मत लिने तयारी भएको पुष्टि गरे । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सरकारमा सहभागी दलहरुसँग छलफल गरेर विश्वासको मत लिने समय तोकिएको छ, त्यसका लागि त्यही दिन बिहान दलको बैठकमा डाकिएको छ । अनि दिउँसो विश्वासको मत लिइन्छ ।’
अहिले कांग्रेस, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपा मात्रै सरकारमा सहभागी छन् । मधेश प्रदेश सरकार गठन हुँदा समर्थन गरेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा सहभागी दलहरुको अंक गणितीय हिसाब अझै पनि बहुमत देखिन्छ ।
प्रदेशसभामा कांग्रेसको २२, जसपाको १८, माओवादी केन्द्रको ९, लोसपाको ९ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् । यो हिसाबले प्रदेशसभामा सत्ता गठबन्धनकै ६५ जना सांसद छन्, जुन बहुमतका लागि पर्याप्त छ । प्रदेशसभामा ५४ मत प्राप्त गर्नेले सरकारको नेतृत्व गर्न पाउँछन् । प्रदेशसभामा कुल १०७ प्रदेशसभा सदस्य रहेक छन् ।
माघ ९ गते जनमतका दुई मन्त्री सरकारबाट बाहिरिएका थिए । त्यसैले फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी बाध्यता छ । आइतबार विश्वासको मत लिनेगरी मधेश प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले बिहीबार नै पत्र पठाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण