शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा मृत्यु हुने प्यालेस्टाइनीक सङ्ख्या २८ हजार ७७५ पुग्यो

शुक्रबार, ०४ फागुन २०८०, २० : ०१
शुक्रबार, ०४ फागुन २०८०

गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएको  हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । साथै  उक्त आक्रमणबाट अन्य १ सय ५७ जना घाइते भएका छन्।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार गाजाको दक्षिणी शहर रफाहमा इजरायली हवाई आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

यसैबीच, मन्त्रालयले इजरायली सेनाले आक्रमण गरेपछि गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको नासेर अस्पतालमा अक्सिजन आपूर्ति रोकिएको र बिजुली समेत अवरुद्ध हुँदा ४ जना प्यालेस्टिनी बिरामीको मृत्यु भएको जनाएको छ । 

यसैबीच दुई जना महिलाले "बिजुली, पानी, खाना लगायत अत्यावश्यक मानवीय आपूर्ति अभावको विषम अवस्थामा बच्चा जन्माएका छन्। -(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप