शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा पक्राउ पुर्जी जारी भएका युवकको बयान अनावश्यक चरित्र हत्या गर्न खोजियो

शुक्रबार, ०४ फागुन २०८०, २१ : २२
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । अस्ट्रेलियामा पक्राउ पुर्जी जारी भएको भनिएका नेपाली युवाले आफ्नो चरित्र हत्या गर्ने काम गरिएको बताएका छन् । अष्ट्रेलियाको औबर्न प्रहरीले २६ वर्षीय रिदम भट्टचनविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको भन्दै सामाजिक सञ्जालमा एक पोष्ट लेखेको थियो । उक्त प्रकरणमा विभिन्न सञ्चारमाध्यमहरुले समाचार लेखेका थिए । उनले आफ्नो चरित्रहत्या गर्ने काम गरेको बताएका हुन् । 

उनले सामान्य विषयमा आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखेको भन्दै उनले आपत्ति जनाएका हुन् । 

औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जनाएको थियो । त्यहाँको प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जनाएको थियो । तर, सामान्य विषयमा प्रहरीले बोलाएको भन्दै यसमा नेपाली मिडियाहरुले आफ्नो मानमर्दन हुनेगरी समाचार लेखेको बताए । 

आफ्नो सामान्य विषय अदालतमा मुद्दा चलिरहेको र उक्त मुद्दामा आफू तारिख धाइरहेको उनको भनाई छ । तारिख छुटेको भन्दै प्रहरीले सम्पर्कमा आउन भनेको उनको भनाइ छ । 

‘मेरो एउटा सामान्य मुद्दा अदालतमा विचाराधीन छ । त्यसमा अहिलेको तारिखको दिन जान भुलेछु । त्यही भएर प्रहरीले सम्पर्कमा आउन भनेको थियो । पछि म सम्पर्कमा आएपछि प्रहरीले उक्त पोष्ट नै हटाइसकेको थियो । नेपाली मिडियाहरुले अनावश्यक उचालेर मेरो चरित्र हत्या गरे’ उनले भने । 

उनलाई यसअघि गेम्ब्लिङ र लागु औषध कसुरमा पटकपटक विवादमा परेको बताएका थिए । तर, उनले आफू यस्तो कुनै पनि केसमा संलग्न नरहेको बताए । 

‘मैले अहिलेसम्म गेम्ब्लिङ र लागु औषधमा कुनै विवादमा परेको छैन । तर, मलाई अचम्म लाग्नेगरी समाचार आए । यसमा मेरो घर परिवारबाट समेत साह्रै चिन्ता व्यक्त भएको छ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप