सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष र व्यवस्थापक पक्राउ
शनिबार, ०५ फागुन २०८०, ०९ : २९

बुटवल । सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।
बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईँ पाण्डेलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरीले कार्यालय बुटवल डिएसपी विजयराज पण्डितले बताए । पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको उनले बताए।
रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?
-
राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२ आयोजना हुने
-
विद्यालय शिक्षा विधेयक अन्योल : किन भइरहेको छ ढिलाइ ?