बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपालबाट निर्मित पहिलो भोजपुरी टेलिसिरियल आउँदै

शनिबार, ०५ फागुन २०८०, १७ : ५२
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । नेपालमा पहिलोपटक नेपाली कलाकर्मीहरूद्वारा निर्मित भोजपुरी टेलिसिरियल ‘खेलाडी’ प्रसारण हुने भएको छ । शनिबार काठमाडौँस्थित मधेस मिडिया हाउसमा पत्रकार सम्मेलन गरी मुखिया एन्टरटेनमेन्ट एण्ड मिडिया प्रा. लि.को प्रस्तुतिमा निर्माण भएको भोजपुरी सिरिज ‘खेलाडी’को टिजर रिलिज गरिएको हो ।

निर्माण कम्पनीले प्रेस विज्ञप्तिमा भनेको छ, ‘विकास र विस्तार हेरेर नै हामीले पनि भोजपुरी भाषामा केही गर्ने अठोट गरेका छौँ।’ यसमा चर्चित भोजपुरी संचारकर्मी प्रियङ्का पाण्डेय, वीरेन्द्र मुखिया, स्वनिका बास्तोलाको मुख्य भूमिका रहेको छ । यस अलावा यस सिरिजमा सरू बराल, रामभजन कामत, अरकाना खातून, गोबिन्दा यादव, सेराज आलम, गंगालाल श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ ।

यस सिरिजका लेखक/निर्देशक शैलेस मानसिंह बस्नेत रहेका छन् भने यसको निर्माण वीरेन्द्र मुखिया, चाँदनी देवी र पूर्णिमा कुमारीले गरेका छन् । यस सिरिजका गीतहरूलाई भोजपुरी साहित्यका वरिष्ठ लेखक÷गीतकार गोपाल अश्कले आफ्नो शब्द दिएका छन् भने आकाश ठाकुरको गायन तथा सङ्गीत विनय कार्कीको रहेको छ ।

‘यो हास्य/कमेडी सिरिजलाई आजैदेखि हाम्रो यूट्यूब च्यानल मुखिया इन्टरटेनमेन्टमा प्रोमो/टिजर रिलिज गरेका छौँ। आउँदो २५ फेब्रुअरीको दिन यो सिरिज रिलिज हुने सहर्ष जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप