डीएसपी गोविन्द पन्थीलाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ । नेपाल प्रहरीका डीएसपी गोविन्द पन्थीले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । ‘किन इन्डिया’ ले डीएसपी पन्थीलाई अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड प्रदान गरेको हो । ‘किन इन्डिया’ मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्ने संस्था हो ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहँदा डीएसपी पन्थीले मानव बेचबिखनविरुद्ध उत्कृष्ट अनुसन्धान गरेको सो संस्थाको ठहर छ । अहिले उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । सन् २०२३ मा बेचबिखनको क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेको भन्दै संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्र भट्टराई सहितको टिमले उनलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
अवार्ड हस्तान्तरण कार्यक्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौर पनि सहभागी थिए । दिल्लीस्थित राजदूतावासमा आयोजित कार्यक्रममा जान नपाएपछि सो संस्थाले उनलाई मिनभवनस्थित अपराध अनुसन्धान कार्यालयमा नै अवार्ड प्रदान गरेको हो ।
डीएसपी पन्थी हाल उपत्यका अपराध अनुसन्धान कार्यालयको पिलर नम्बर–८ मा वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा अनुसन्धान गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको जालो पन्थी नेतृत्वको टिमले ब्रेक गर्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण