शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भर्जिनियामा हँसाए नेपाली कलाकारले, टुक्रिएको एनआरएनएप्रति चर्को व्यङ्ग्य

आइतबार, ०६ फागुन २०८०, १४ : ३७
आइतबार, ०६ फागुन २०८०

भर्जिनिया । गत फेब्रुअरी १६ शुक्रबारका दिन अब हाँस्छ भर्जिनिया नामक कार्यक्रममा नेपालका ८ जना चर्चित तथा प्रतिभाशाली कलाकारहरूको बेजोड प्रस्तुतिले डिसी क्षेत्रका नेपाली समुदायले आनन्द लिएका छन् ।

अमेरिकामा हाँसो हराउँदै गएको अवस्थामा यी कलाकारहरूको अद्वितीय प्रस्तुतिले धेरै समय पश्चात् एकै स्थानमा नेपाली समुदायले हृदय खोली एक साथ हाँस्ने मौका पाए।

हरेक कलाकारको बेजोड प्रस्तुतिको कारण एक पछि अर्को प्रस्तुति त्यतिकै अभिरुचिपूर्ण र भरपुर मनोरञ्जन भएको कारण सबै दर्शकको मन जित्न सफल भएको छ । अब के प्रस्तुति हुन्छ भन्ने प्रस्तुतिको लागि दर्शकहरू प्रतीक्षा गरेका देखिन्थे ।  कार्यक्रम सुरु भए देखि अन्त्य सम्म सबै दर्शकहरू प्रफुल्ल देखिन्थे भने निरन्तर मुस्कान र हाँसो छाई रहेको देखियो ।

३ टुक्रामा विभाजित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) प्रति तिखो व्यङ्ग प्रहार गर्दा दर्शकहरूले मन थाम्न सकेनन् भने कर्तल ध्वनि बजाई कलाकारलाई अझ हौसला प्रदान गरे । सङ्घको गतिविधि प्रति उनीहरुले गरेको बाण प्रति समर्थन जनाए ।

राम कुमारी झाँकी, ऋषि धमला , प्रधानमन्त्री पुष्पकमल दाहाल , शेर बहादुर देउवा ,केपी शर्मा ओली लगायतको हास्यव्यङ्ग्य गर्दा ताली माथि ताली ठोकी दर्शकहरू पेट मिची मिची हासेका थिए । धेरै दर्शकहरूको च्यापु दुखेको र धेरै समय पछि दिल खोलेर हासेका थिए ।

kala 5

 हास्य कालाकारहरूमा क्रमशः सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, सन्तोष थापाले अमेरिकाको विकास ,नेपालको बेथिति ,नेताहरूका आचरण ,अमेरिकाले गरेको विकास ,उनीहरुले अमेरिकाको यात्रामा भोगेका अनुभव, अमेरिकामा रहेका विभिन्न पेसाका बारेमा चित्रण ,अमेरिका आउन प्रवेश आज्ञाको अन्तर्वार्ताको चर्चा ,देश विकास नहुनमा नेताहरूको भूमिका ,भ्रष्टाचार ,ललिता निवास जग्गा काण्ड ,अमेरिकामा स्वास्थ्य उपचार प्रणाली ,अमेरिकाको प्रवेश आज्ञा लाग्दा सामाजिक सञ्जालमा अमेरिका भाग्नु र लुक्नु भन्ने टिप्पणी,३ चोइटामा विभाजित गैर आवासीय नेपाली सङ्घको क्रियाकलाप ,राम कुमारी झाँकीले उठाएका प्रश्न, नेपालको धुलो र अमेरिकामा धुलोको तुलना ,आफ्नी श्रीमतीको चर्चा ,ऋषि धमलाको अन्तर्वार्ता लिने शैली लगायतमा प्रस्तुति गर्दा दर्शकहरूले ताली बजाएका थिए ।

va 25

सबै कलाकारहरूले कार्यक्रमको आफ्नो अन्तिम प्रस्तुतिमा नेपाली झन्डा प्रदर्शन गर्दै जहाँ भए पनि मातृभूमिलाई कहिले भुल्न नहुने ,देश विकासमा जुट्न र सहयोग गर्न आह्वान गर्दा सबै दर्शकहरूले उठेर ताली बजाएका थिए ।

अब हाँस्छ अमेरिका नामक कार्यक्रम हरेक राज्यमा आयोजना गर्दा राज्यको नाम जोड्ने भएकोले गत शुक्रवार भर्जिनियामा आयोजना भएकोले अब हाँस्छ भर्जिनिया राखिएको थियो । अब हाँस्छ अमेरिका नामक कार्यक्रम अमेरिकाका विभिन्न सहरमा धेरै जसो सहरहरूमा सम्पन्न भई सकेका छन् ।

kala 7a

 फ्लाई नेपाको आयोजनामा अब हाँस्छ अमेरिका शीर्षकमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रम आयोजक फ्लाई नेपाका निर्देशक विनोद अधिकारीले उक्त कार्यक्रम अमेरिका ल्याएका हुन्  कार्यक्रमको मुख्य उद्देश्य परदेशलाई घरदेशसँग जोड्ने रहेको छ ।

एक महिनाभन्दा बढी समय सम्म चल्ने कार्यक्रम अमेरिकाको मिसिगन, ह्युस्टन, ड्यालस ,अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिसको, ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, भर्जिनिया ,कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो मध्ये थुप्रै राज्यहरूमा कार्यक्रम आयोजना गरि सकिएको छ  भने केही सहरहरूमा आयोजना हुदैछ ।

va 16

जुनै पनि सहरमा खचाखच भिड रहेको थियो भने अझै थुप्रै सहरहरूमा आयोजना हुन् बाकी रहेको छ । भर्जिनियामा कार्यक्रमको आयोजकहरु थ्रीइ इन्टरटेन्टमेन्ट तथा डिसीएनएफसी रहेका थिए  ।

कार्यक्रमको सुरुमा संयोजक चन्द्र लामाले उद्देश्यको बारेमा चर्चा साथै स्वागत गरेका थिए । अन्जना बुढाथोकी सापकोटाले सबैलाई प्रायोजक र दर्शकहरूलाई धन्यवाद दिएकी थिइन् ।

va 13

कार्यक्रम अगाडी नेपाल अमेरिकन सामुदायिक केन्द्र (न्याक)जुनियर  तथा हिमालयन फ्रि क्लिनिकको तर्फबाट आरती पराजुली तथा मंजु कार्की संग्रौलाले छोटो मन्तव्य राखेका थिए । कार्यक्रम लगातार करिब ३ घण्टा सम्म चलेको थियो । कार्यक्रम संचालन विष्णु बरालले गरेका थिए । 

va 6kala 4kala 3kala 2kala 1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप