बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

‘गोर्खा वारिअर’को धरानमा प्रिमियर, मुख्यमन्त्री कार्कीदेखि मेयर सम्पाङसम्म सहभागी

आइतबार, ०६ फागुन २०८०, ०७ : ३७
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । चलचित्र ‘गोर्खा वारिअर’को शनिबार धरानमा भव्य प्रिमियर गरिएको छ । लाहुरेको सहर भनेर चिनिने धरानको बाराह भवनमा रहेको फ्रेन्ड्स सिनेमाज हलमा गोर्खा वारियरको प्रिमियर गरिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख अतिथि रहेको प्रिमियरमा धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ विशिष्ट अतिथि थिए ।

चलचित्रको प्रिमियर अघि विभिन्न जातजातिहरूले आफ्नो भेसभुसा र पहिरनमा सजिएर बाजागाजा सहित धरानको छाताचोकबाट सिनेमा हलसम्म गोर्खा वारियरको ब्यानर सहित झाँकी निकालेका थिए । सो झाँकीमा यो चलचित्रका कलाकार तथा प्राविधिकहरू समेत सहभागी भएका थिए ।

प्रिमियर समारोहमा चलचित्रकर्मी तथा अतिथिहरूका सम्मानमा सशस्त्र प्रहरी बलका ब्यान्ड टोलीका कलाकारहरूले सो चलचित्रको गीत सहित राष्ट्रिय भावका गीतको धुन प्रस्तुत गरेका थिए ।

प्रिमियर मुख्यमन्त्री कार्की, धरानका मेयर साम्पाङसहित सांसदहरू, विभिन्न राजनीतिक पार्टीका नेताहरू, सामाजिक अभियान्ताहरु, सरकारी निकायका विभिन्न उच्च ओहोदाका कर्मचारीहरू, स्थानीय निकायका पदाधिकारीहरू, पेसागत तथा विभिन्न जातजातिसँग सम्बन्धित सङ्घ संस्थाका पदाधिकारीहरू, प्राध्यापक, साहित्यकार, कलाकार, पत्रकार, तथा बुद्धिजीवीलगायतका अतिथिले चलचित्र गोर्खा वारियर हेरे ।

यो प्रिमियरमा गोर्खा वारियर टिमबाट निर्देशक चाम्स, निर्माता सुमन राई, सहनिर्माता ज्योतिराज राई, अभिनेता रितेश चाम्स, रियर राई, विजय लामा, अभिनेत्री रेविका गुरुङ, सञ्चारकर्मी नरेश भट्टराईलगायत सहभागी थिए 

 चलचित्र हेरेपछि मुख्यमन्त्री कार्कीले निर्देशक मिलन चाम्सले गोर्खा सैनिकको जीवन सँघर्षमा उत्कृष्ट चलचित्र बनाएको बताए । यो चलचित्रले विश्वमा ब्रिटिस गोर्खा सैनिकको ‘गोर्खा वारिअर’को रूपमा नयाँ परिचय थपिएको बताउँदै कार्कीले भने,‘यो फिल्म मात्र नभएर हामी हरेकको कथा र पहिचान हो । यसलाई हौसला दिनुपर्छ ।’  

423735588_763632232311351_6345555108013355697_n

यस्तै धरानका मेयर हर्क साम्पाङले अहिलेसम्म आफूले हेरेको नेपाली चलचित्र मध्य गोर्खा वारियरले सबैभन्दा बढी मन छोएको बताए । फिल्म हेर्दा आफूले पटक पटक आँसु रोक्न नसकेको पनि उनले बताए । ‘गोर्खा वारियर निक्कै उत्कृष्ट सिनेमा बनेको रहेछ । वीर गोर्खाली सैनिकको सँघर्षसँगै पीडाको कथामा बनेको यो फिल्म साँच्चै मार्मिक र सशक्त छ ।’ मेयर साम्पाङले भने ।

गोर्खा वारियरका निर्देशक चाम्सले भने, ‘धरानमा आज सम्पन्न ऐतिहासिक भव्य रेड कार्पेट प्रिमियरमा सबैले गर्नु भएको प्रशंसाले म उत्साहित छु । चलचित्र भोलीबाटै यहाँको सिनेमा हलमा अग्रिम बुकिङ खुलेको र आजैबाट एक पछि अर्को शोको अग्रमी बुक गर्ने क्रम सुरु भएको खबरले हामी सबै हर्षित छौँ ।’ 

 ११ फागुनबाट देशव्यापी रिलिज हुने यो चलचित्रको अब ७ फागुनमा पोखराको मिड टाउन सिनेमा र ९ गते काठमाडौँको बिग मूभिजमा प्रिमियर गरिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप