गुठीको जग्गामा रहेका जनताको समस्या समाधान गर्न सांसद नारायणी शर्माको माग
काठमाडौँ । सांसद नारायणी शर्माले राष्ट्रिय भूमि आयोगले काम गरिरहे पनि राजस्व तिर्न नसक्दा जनताले जमिन पाउनबाट वञ्चित रहेको बताएकी छिन् । उनले भूमिहीन तथा गुठीको जग्गामा रहेका जनताका समाधान गर्नका लागि सरकारका लागि ध्यानाकर्षण गराएकी छिन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्– ‘भूमि आयोगले काम गरिरहे पनि कैयौँ कानुनी जटिलताका कारण जनताले जग्गाधनी पुर्जा पाउन सकिरहेका छैनन् । अधिक राजस्वले गर्दा जनताले पुर्जा लिन सक्ने अवस्था पनि छैन । नियम कानुनले पनि पुर्जा लिन समस्या भइरहेको छ । वनसम्बन्धी नियम वाधक भए त्यसलाई बदल्नुपर्ने र वनको समस्या हो भने जमिन साटफेर कार्यक्रम बनाएर भए पनि टुङ्गोमा पुर्याउनुपर्छ ।’
यस्तै गुठीको जग्गाको समस्या रहेको बताउँदै वर्षौदेखि उनीहरुले खेती गर्दै आए पनि दाङ लगायतका क्षेत्रमा गुठीको जग्गाको कारण जनताहरू समस्यामा रहेको बताउँदै सांसद शर्माले सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण