आयल निगमको कार्यकारी पदमा ३ जना छानिए, बलियो प्रत्याशीका रूपमा भट्ट
काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदका लागि तीन जनाको नाम अन्तिम सिफारिसमा परेको छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले एक सूचना जारी गर्दै ३ जनाको नाम अन्तिम सिफारिसमा परेको जानकारी दिएको हो ।
निगमको तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि यो पद खाली छ । कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रका १४ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट, उद्योग मन्त्रालयले ३ जनाको नामावली प्रकाशन गरेको हो ।
तीन जनामध्ये चण्डिकाप्रसाद भट्ट, डोलप्रसाद चापागाईँ र शत्रुघ्नप्रसाद पुडासैनी तीन जनाको सूचीमा परेका छन् । निगमको कार्यकारी निर्देशक पदको दौडमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भान्जाको समेत आवेदन परेको थियो ।
तर, यी सबैलाई पन्छाएर उद्योग मन्त्रालयले चण्डिका भट्टसहित तीन जनाको नाम सिफारिस गरेको हो । निगमको कार्यकारी निर्देशकको दौडमा भट्ट प्रभावशाली मानिएका छन् । स्रोतका अनुसार भट्टले आवेदन दिनुअघि प्रधानमन्त्री कार्यालयमा छलफल समेत गरेका थिए ।
भट्टलाई कार्यकारी बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति देउवाको ग्रिन सिग्नल रहेको बताइन्छ । भट्ट हाल विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण