सांसद विष्टको प्रश्न : बैंक, बीमा र ब्यापार एउटै व्यापारिक घरानाको हातमा पुग्दा के होला ?
काठमाडौँ । नेकपा एमालेका नेता एवम् सांसद गोकर्ण विष्टले सबै आर्थिक क्रियाकलाप तथा व्यापारमा एउटै व्यावसायिक घरानाको हात हुँदा आउन सक्ने सम्भावित आर्थिक सङ्कटका बारेमा प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसभा संसदमा जारी प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा सांसद विष्टले भने, ‘एउटै पारिवारिक संस्थाको रूपमा बैंक, बीमा, आयात निर्यात र व्यापार एउटै समूहले गर्दा देशको अर्थतन्त्रमा गम्भीर संकट आउने देखिन्छ । यस्तो सम्भावित जोखिमबाट जोगाउन सरकारले कस्तो कदम चाल्दैछ ? एउटै परिवारले सबै आर्थिक क्रियाकलापमा हालीमुहाली गर्दा के समतामूलक समाजको विकास होला ?’ सांसद विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई थप प्रश्न गरेका छन् ।
संवेदनशील र महत्त्वपूर्ण प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस विषयमा सरकार गम्भीर सचेत रहेको बताए ।
‘उद्योग व्यवसाय, व्यावसायिक घरानाले उत्पादनमा जोड दिँदा रोजगारी सिर्जनामा सहयोग पुग्छ । तर सीमित स्रोत र पुँजी कुनै समूहमा केन्द्रित हुँदा समस्या आउने हुँदा एक व्यक्ति वा समूहले लिन सक्ने कर्जा र सुविधालाई नियन्त्रण गरिएको छ ।’
एउटा व्यक्ति वा समूहले कुन कुन क्षेत्रमा लगानी गर्न पाउने र मुनाफा लिन पाउने भन्ने विषयमा थप नीति बन्न आवश्यक छ । यसका लागि सरकारले गृहकार्य गरिरहेको छ । आगामी आर्थिक वर्षदेखि सुरु हुने १६ औँ पञ्चवर्षीय योजना, नीति तथा कार्यक्रम र बजेटले समानता र समतामूलक विकासका लागि विशेष कार्यक्रम ल्याउने अवगत गराउन चाहन्छु’ प्रधानमन्त्रीले जवाफ दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण