सुत्केरी भत्ता कुम्ल्याउन महिलाद्वारा १७ पटक गर्भधारणको नाटक
रोम । इटलीमा एक जना महिलामाथि कम्तीमा पनि १७ पटक गर्भधारणको झुटो नाटक गरेको आरोप लागेको छ । गएको २४ वर्षमा झन्डै १ करोड ५७ लाख ७६ हजार नेपाली रुपैयाँ (१ लाख १० हजार युरो) बराबरको सुत्केरी भत्ता लिन महिलाले ती गर्भधारणको नाटक गरेको खुलासा भएको छ ।
गएको २४ वर्षमा बारबरा लाएल नाम गरेकी ५० वर्षीय महिला १७ पटक गर्भवती भएको समाचारमा जनाइएको छ । यसबापत उनले वर्षौँसम्म सुत्केरी बिदा लिइन् भने सरकारले दिने सुत्केरी भत्ता बापत पनि ठुलो रकम लिइन् । ती महिलाले बुझाएको कागजपत्रका अनुसार १२ पटकसम्म गर्भ तुहियो, अन्य पाँच पटकमा भने उनले ५ वटा सन्तानलाई जन्म दिइन् । तर न त ती बच्चाको कतै जन्म दर्ता भएको छ न त कसैले तिनीहरूलाई देखेकै छन् ।
कान्छो सन्तानलाई बारबराले गएको वर्ष डिसेम्बरमा जन्म दिएको बताइयो । तर पछिल्लो गर्भधारणयता उनी अधिकारीहरूको निगरानीमा थिइन् । उनी गर्भवती नै नभएको प्रमाण अधिकारीहरूले फेला पारेका छन् । बारबराले १ लाख १० हजार युरो कुम्ल्याउन र कामबाट बिदा लिन गर्भवती भएको नाटक गरेको अधिकारीहरूको आरोप छ ।
आफ्नो झुटलाई सत्य साबित गर्न महिलाले रोमका क्लिनिकहरुबाट जन्मदर्ताको प्रमाणपत्र चोरेकी थिइन् भने नक्कली कागजपत्र बनाएकी थिइन । डाक्टरको हस्ताक्षर पनि उनी आफैँले गरेकी थिइन् । पेट भुक्क देखाउन पेटमा तकिया हालेर हिँड्थिन् । गर्भवती देखाउन गर्भवती महिला जस्तै गरी हिँड्थिन् । बारबराले सन् २००० देखि नै यस्तो गर्न थालेकी थिइन् ।
१६ पटकसम्म त उनलाई भाग्यले साथ दियो । तर गत वर्ष उनको झुट समातियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण