३ वटै सुरक्षा निकायका प्रमुखहरूसँग जाँचबुझ आयोगको परामर्श
काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तिनवटा सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेको छ । प्रहरी प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग आयोगका पदाधिकारीले ‘परामर्श’ गरेका हुन् ।
जाँचबुझ सुरु भएसँगै आयोगले ३० जनासँग परामर्श गरेको छ । मुद्दामा प्रतिवादी बनाएका ३३ जनासँग आयोगले पुनः बयान लिएको छ । भेप र ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुझेका तर, प्रतिवादी नबनाएका मध्ये २१ जनालाई आयोगले बयान लिएको छ । संघ संस्थाका १८ जना प्रतिनिधिसँग छलफल र अभियोजन गर्ने अधिकारीहरू र अनुसन्धानमा संलग्न ७ जना अधिकृतहरूसँग आयोगले सोधपुछ गरेको छ ।
जाँचबुझ सम्बन्धी सूचना आवश्यकताअनुसार प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराइने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । उनले भने– ‘सूचना सम्प्रेषणको आवश्यक देखिँदा आयोगले प्रेस विज्ञप्ति जारी गर्छ, अन्यथा हामी बोल्ने अवस्थामा छैनौँ ।’
आयोग स्रोतका अनुसार बयान, परामर्श र सोधपुछ पुरा गरेर आयोगले प्रतिवेदन लेखन सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण