शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको मध्यपुर ठिमी नगर समिति पुनर्गठन

सोमबार, ०७ फागुन २०८०, ०८ : ०५
सोमबार, ०७ फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगर समिति पुनर्गठन भएको छ । मध्यपुर ठिमीको वडा नं ७ मा आयोजित भेलाबाट सरोज घःजुको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपााध्यक्षमा नानीछोरी बाडे, सचिवमा चन्द्रशेर राई सहसचिव सजना श्रेष्ठ र कोषाध्यक्षमा पूर्णभक्त बाडे चयन भएका छन् । पार्टीका राजनीतिक समिति सदस्य कृष्ण घःजुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष श्याम शिल्पकारलगायतका जिल्लाका नेताहरूको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप