बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मातृदिवसमा शिशिर योगीको ‘आमा’

मङ्गलबार, ०४ वैशाख २०७५, ११ : ४५
मङ्गलबार, ०४ वैशाख २०७५

काठमाडौं –गायक शिशिर योगीको स्वरमा रहेको ‘आमा’ सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन अर्थात मातृ औंशीको अवसर पारेर अर्जुन पराजुलीको शब्द, बीबी अनुरागीको संगीत र शिशिर योगीको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । 

सोमवार राजधानीको महराजगञ्जस्थित एमवेस्डर रेस्टुरेन्टमा बरिष्ठ अधिबक्ता तथा गायक, गीतकार तथा संगीतकार भीमार्जुन आचार्य ‘अर्जुन मिलन’को प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको थियो । मिलाप मासिकको आयोजनामा भएको कार्यक्रममा भीमार्जुनले शिशिर योगीको स्वरमा जादु रहेको भन्दै अर्जुन पराजुलीको शब्द पनि त्यत्तिकै शसक्त रहेकोले गीत निकै राम्रो बनेको बताए । 

गीतकार तथा कवि अर्जुन पराजुलीले संसारमा आमा भन्ने शब्द सबैभन्दा प्रिय शब्द रहेको बताउँदै शिशिरको स्वर र बीबी अनुरागीको सङ्गीतमा गीत राम्रो बनेको र गीतको भिडियो पनि मन छुने बनेको बताए । 
मिलापका सम्पादक कृष्ण भुसाल, भकारी एमडीसीका अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापालगायतले आमा गीतका बारेमा आ–आफ्ना भनाइ राखेका थिए । गायक शिशिर योगीले यो गीत गाउँदा आफू धेरै चोटी भक्कानिएको बताउँदै सार्वजनिक समारोहमा यो गीत गाउँने प्रयास गरेपनि गाउँन नसकेको छैन भने । भिडियो सर्वाजनिक हुँदा उपस्थित सबै दर्शकका आखाँ रसाएका थिए ।

संजय पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा सरोज खनाल, रश्मी भट्ट, सुस्मिता कार्कीको अभिनय रहेको छ । चक्र महर्जनको छायाँकन रहेको गीतको भिडियोलाई दिनेशजंग रानाले सम्पादन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप