सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बाफ्टा अवार्ड्सः ‘ओपेनहाइमर’ले ७ अवार्ड चुम्दा ‘बार्बी’को हात खाली

सोमबार, ०७ फागुन २०८०, ११ : २९
सोमबार, ०७ फागुन २०८०

आइतबार लन्डनमा ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन अर्थात बाफ्टा अवार्ड्स २०२४ को आयोजना भएको थियो । समारोहमा क्रिस्टोफर नोलनको ओपनहाइमरको दबदबा रह्यो । चलचित्रले ७ विधामा अवार्ड जितेको छ । यति धेरै अवार्ड जितेको यो फिल्मका लागि ‘ओस्कर २०२४’ मा जित्ने बाटो खुलेको विश्लेषण गर्न थालिएको छ । यस वर्षको ओस्कार अवार्ड समारोह यही मार्च ११ मा हुँदै छ । बाफ्टामा ‘पुअर थिङ्स’ले ५ अवार्ड जित्दा ग्रेटा गेर्विगको ‘बार्बी’ले एउटै उपाधि जित्न सकेन ।

विजेताहरूको पूर्ण सूची यस प्रकार छन्:
सर्वोत्कृष्ट चलचित्र– ओपेनहाइमर
सर्वोत्कृष्ट अभिनेत्री –‘पुअर थिंग्स’का लागि एम्मा स्टोन
सर्वोत्कृष्ट अभिनेता – ‘ओपेनहाइमर’का लागि सिलियन मर्फी
सर्वोत्कृष्ट सहायक अभिनेत्री – ‘द होल्डोभर्स’का लागि डेभिन जोय रान्डोल्फ
सर्वोत्कृष्ट सहायक अभिनेता –‘ओपेनहाइमर’का लागि रोबर्ट डाउनी जुनियर
ई राइजिंग स्टार अवार्ड – मिया म्याककेना ब्रुस
सर्वोत्कृष्ट निर्देशक –‘ओपेनहाइमर’का लागि क्रिस्टोफर नोलन
उत्कृष्ट मेकअप र हेयर स्टाइलिस्ट –‘पुअर थिंग्स’का लागि नादिया स्टेसी, मार्क कुलियर र जोश वेस्टन
सर्वोत्कृष्ट पोसाक डिजाइन –‘पुअर थिंग्स’का लागि होली वाडिङटन
उत्कृष्ट ब्रिटिस फिल्म – ‘द जोन अफ इंटरेस्ट’ का लागि जोनाथन ग्लेजर र जेम्स विल्सन
ब्रिटिस शर्ट एनिमेसन – ‘क्र्याब डे’ को लागि रोस स्ट्रिंगर, बार्टोज स्टानिस्लावेक, अलेक्सान्ड्रा सिकुलक
बेस्ट प्रोडक्सन डिजाइन –‘पुअर थिंग्स’का लागि शोना हेथ, जेम्स प्राइस, जसुजा मिहलेक
बेस्ट साउन्ड – ‘द जोन अफ इन्टरेस्ट’ का लागि जोनी बायर्न, टार्न भिलार्स
उत्कृष्ट ओरिजिनल स्कोर –‘ओपेनहाइमर’का लागि लुडविग गोरान्सन
सर्वोत्कृष्ट डकुमेन्ट्री – ‘ट्वेन्टी डेज इन मारियुपोल’का लागि मस्टिस्लाभ चेर्नोभ, रैनी एरोनसन रथ, मिशेल मिजनर
सर्वश्रेष्ठ एडेप्टेड स्क्रीनप्ले – ‘अमेरिकन फिक्शन’का लागि कोर्ड जेफरसन
सर्वोत्कृष्ट छायांकन –‘ओपेनहाइमर’का लागि होइटे भान होयटेमा
उत्कृष्ट सम्पादन – ओपेनहाइमरका लागि जेनिफर ल्याम
उत्कृष्ट कास्टिङ – ‘द होल्डओभर्स’का लागि सुसान शपमेकर
गैर अङ्ग्रेजी भाषाको फिल्म – ‘द जोन अफ इंटरेस्ट’  – जोनाथन ग्लेजर र जेम्स विल्सन
ब्रिटिस लेखक, निर्देशक वा निर्माताको सर्वश्रेष्ठ डेब्यू – ‘अर्थ मामा’का लागि सवाना लीफ, शर्ली ओ’कोनर र माडेब रियोर्डन
सर्वोत्कृष्ट एनिमेटेड फिल्म –‘द ब्वाय एन्ड द हेरोन’ – हायाओ मियाजाकी र तोसियो सुजुकी
बेस्ट स्पेशल भिजुअल इफेक्ट्स – ‘पुअर थिंग्स’का लागि सिमोन ह्युजेस
मूल पटकथा – ‘एनाटोमी अफ अ फल’ को लागि जस्टिन ट्राइट र आर्थर हरारी

बाफ्टामा ९ वटा मनोनयन पाएको ‘किलर्स अफ द फ्लावर मुन’ले एउटै अवार्ड जित्न सकेन । यो ब्राडली कूपरको नेटफ्लिक्स शो ‘मेस्ट्रो’ को हालत पनि यस्तै भयो । ७ ओटा विधामा मनोनयमा परेको यो शोले एउटै उपाधि चुम्न पाएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप