रातोपाटीलाई रासस उत्कृष्ट सेवाग्राही सम्मान
काठमाडौँ । रातोपाटी डटकम राष्ट्रिय समाचार समितिको उत्कृष्ट सेवाग्राहीमा परेको छ । राससको ६३औँ वार्षिकोत्सव समारोहमा सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डिस्कवरी न्यूज नेटवर्क प्रा. लि.द्वारा सञ्चालित रातोपाटीका प्रवन्ध निर्देशक अर्जुन पन्तलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरिन् ।
राससले रातोपाटीलाई एक वर्षभित्र आफ्नो सेवा लिनेमध्ये उत्कृष्ट समाचार संस्थाका रूपमा प्रशंसापत्रले सम्मानित गरेको हो ।
‘समाचार सेवाको नियमित ग्राहक बनी समितिको उन्नति र प्रगतिका लागि साथ, सहयोग र हौसला प्रदान गर्नुभएकामा उच्च कदर गर्दै उत्कृष्ट सेवाग्राहीका रूपमा ससम्मान यो प्रशंसापत्र प्रदान गरिएको छ,’ प्रशंसापत्रमा भनिएको छ, 'भविष्यमा पनि राससलाई त्यस संस्थाबाट निरन्तर सहयोग प्राप्त भइरहने विश्वासका साथ संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण