पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा विवाद

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि देखिएको हो ।
असन्तुष्ट पक्षले सोमबार समितिको प्रधान कार्यालय बुटवलको मूल गेटमा पत्रकार सम्मेलन गर्दै पूर्व अध्यक्ष अर्जुन रानाभाटको संयोजकत्वमा बनेको समितिले षड्यन्त्रपूर्वक एकलौटी रुपमा आर्थिक अनियमितता गरेका टीकाराज गौतमलाई नेतृत्व हस्तान्तरण गरेकोमा आपत्ति जनाएको हो ।
निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की र निवर्तमान उपाध्यक्ष गणेश घिमिरे लगायतको समूहले पूर्वअध्यक्षहरुको नेतृत्वमा गठित समितिले कार्यसमिति भित्रका इमानदार र स्वच्छ छवि भएका व्यक्तिलाई निर्वाचित गराउनुपर्नेमा व्यवसाय छाडिसकेका र विभिन्न विवादमा परेका व्यक्तिलाई अध्यक्ष मनोनीत गरी एकलौटी गरेको र यो निर्णयमा निवर्तमान कार्यसमितिमा रहेका बहुमत सदस्य व्यवसायीहरु विरोधमा रहेको दाबी गरेका छन् ।
मनोनीत गरिएका गौतमले आर्थिक हिनामिना गरेको निवर्तमान उपाध्यक्ष प्रतापबहादुर कार्कीको आरोप छ । निवर्तमान उपाध्यक्ष घिमिरेले नियम विपरीत फाइलहरु खडा गर्ने, संस्थाको रकम आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने लगायतका अनैतिक कार्यमाथि छानबिन हुनुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचना आयोगमा २ महिनामा ६८ वटा मुद्दा दर्ता, ११० वटा फर्छ्यौट
-
योजना छनोटमा गलत भएको भन्दै कर्णालीमा प्रतिपक्षीद्वारा संसद् अवरुद्ध
-
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक राष्ट्रिय सभाबाट पारित
-
भारतको छत्तीसगढमा बारुदी सुरुङमा परी वरिष्ठ प्रहरी अधिकारीको मृत्यु
-
मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु
-
सत्ता साझेदारको ‘घमन्ड’ले रोकियो सदस्यसचिव नियुक्ति, अर्बौँको सम्पत्तिमा लापरबाही