नागरिकता नहुँदा पढाइबाट वञ्चित

ताप्लेजुङ । बाबुआमाको नागरिकता नभएका कारण छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका गुना राई र उनकी श्रीमती उर्मिला राईको नागरिकता नभएपछि छोराछोरी पढ्नबाट वञ्चित भएका हुन् ।
नागरिकता नहुँदा कोही पनि छोराछोरीको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । एसइईको परीक्षा फाराम भर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य छ । लिङ्खिमको सिँवामा बसोबास गर्दै आएका राई दम्पतीको नागरिकता नभएकै कारण उनीहरूका एक छोरा र तीन छोरीसमेत चार जना छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको हो ।
पढ्न नपाएपछि राई दम्पतीका छोराछोरीले पढाइ छाडेर कोही मजदुरी गर्न र कसैले अर्काको घरमा घरायसी सहयोगी बनेर काम गर्दै आएका छन् । राई दम्पतीका एक मात्र छोरा भने हाल भारतको सिक्किमतिर सामान्य मजदुरी गर्दै आएको बताइएको छ । यस्तै जेठी छोरीले भारतकै केरलामा विवाह गरी घरजम गरेकी छन् ।
माइली छोरी २१ वर्षीया प्रेमिला राई भने अहिले फुङ्लिङ नगरपालिकाका एक परिवारमा बसेर घरायसी सहयोगीका रूपमा काम गर्दै आएकी छन् । आफ्ना बाबुआमाको नागरिकता नहुँदा जन्मदर्ता नै नपाएको र जन्मदर्ता प्रमाणपत्रकै कारण इच्छा हुँदाहुँदै पनि पढ्न नपाएको प्रेमिलाले बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकबाट मधेस सरकारको बजेट पारित
-
कामबाट समयमा डेरा फर्किइनन् अञ्जना, खोज्न जाँदा भेटियो दुई जनाको शव
-
सालघारीको फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन
-
गण्डकी सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई विनियोजन गर्यो २ अर्ब ३९ करोड बजेट
-
पुँजीगत खर्च बढ्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीले उठाए कर्मचारीमाथि प्रश्न
-
गण्डकी प्रदेश : उद्योग मन्त्रालयलाई ८४ करोड र वन मन्त्रालयलाई १ अर्ब बजेट विनियोजन