२०८४ को चुनावमा गठबन्धन नगर्नेसहितका प्रस्ताव महासमिति बैठकमा पेश हुँदै
काठमाडौँ । कांग्रेस महासमितिको बन्द सत्र आज बिहान ९ बजेबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । सोमबार महासमिति बैठकको उद्घाटन भएको थियो। बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनमा सोमबार राति बल्ल सहमति जुटेको थियो ।सोमबार अपराह्नदेखि निवास बुढानीलकण्ठमा करिब ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारीबिच छलफल भएको थियो। थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत भएपछि सांठनिक प्रतिवेदन टुङ्गिएको हो।
महामन्त्रीको दस्ताबेजमा कांग्रेसले २०८४ सालको आम निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख छ, जुन महासमिति बैठकमा पेश हुँदै छ । महामन्त्रीको प्रस्ताव पार्टीको दस्ताबेजकै रूपमा पेस हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण