२०८४ को चुनावमा गठबन्धन नगर्नेसहितका प्रस्ताव महासमिति बैठकमा पेश हुँदै
_lTE65WmBGz.jpg)
काठमाडौँ । कांग्रेस महासमितिको बन्द सत्र आज बिहान ९ बजेबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । सोमबार महासमिति बैठकको उद्घाटन भएको थियो। बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
महामन्त्री थापाको साङ्गठनिक प्रतिवेदनमा सोमबार राति बल्ल सहमति जुटेको थियो ।सोमबार अपराह्नदेखि निवास बुढानीलकण्ठमा करिब ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारीबिच छलफल भएको थियो। थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत भएपछि सांठनिक प्रतिवेदन टुङ्गिएको हो।
महामन्त्रीको दस्ताबेजमा कांग्रेसले २०८४ सालको आम निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख छ, जुन महासमिति बैठकमा पेश हुँदै छ । महामन्त्रीको प्रस्ताव पार्टीको दस्ताबेजकै रूपमा पेस हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार