नभाल्नीका परिवारले अझै शव पाएनन्
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी एलेक्सी नभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ । जेलमा बन्द नभाल्नीको गता साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परीक्षणका लागि राखिएको बताइएको थियो ।
रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन । नभाल्नीका श्रीमतीले पतिको शव लुकाएको बताएकी छन् । उनले आफ्ना पतिको हत्या पुटिनले गरेको र पुटिनविरुद्ध पतिले छेडेको अभियानलाई आफूले निरन्तरता दिने पनि बताइन् ।
उता, क्रेमलिनले नभाल्नीको मृत्युको बारेमा आफूहरूले अध्ययन गरिरहेको र अझैसम्म कुनै नतिजा नआएको जवाफ दिएको छ । अनुसन्धानपछि मात्रै हस्तान्तरण गर्ने पनि बताएको छ ।
नभाल्नीको मृत्यु पछि पुटिनमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय फोरमहरूमा नभाल्नीको मृत्युको जाँच हुनुपर्ने आवाज उठेको हो । यसैगरी अमेरिका र युरोपियन युनियनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा पनि छलफल गरिरहेको बीबीसीले जनाएको छ ।
तर, रुसका प्रवक्ता दिमित्री पेस्कोभले नभाल्नीको मृत्युका सम्बन्धमा पश्चिमीहरुको टिप्पणी ‘अंहकार’ र अस्वीकार्य भनेर टिप्पणी गरेका थिए । रुसले नभाल्नीको ‘सडन डेथ सिन्ड्रोम’ ले ज्यान गएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण