शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंक लिमिटेडद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण

मङ्गलबार, ०८ फागुन २०८०, १५ : ०८
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक आलोक कुमार चौधरीको नेपाल भ्रमणका दौरान वृक्षारोपण गरिएको हो ।

चौधरीले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपणको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप