लोयल्टी र काभ्या क्वार्टरफाइनलमा
काठमाडौँ । आयोजक लोयल्टीको ‘बी’ टोली र काभ्या स्कुल मंगलबार खेलिएको खेलमा सफलता हात पार्दै ‘१२औँ लोयल्टी कप यू–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टीको ‘बी’ टोलीले रिलायन्स ईन्टरनेसनल एकेडेमीलाई ५–० गोलको फराकिलो अन्तरले पराजित ग-यो । लोयल्टी ‘बी’ का लागि साहिल राईले ह्याट्रिक गरे । विंगु थापाले पनि दुई गोल थपे । उक्त खेलमा रिलायन्सका अनुपराज चौहान म्यान अफ दी म्याच घोषित भए ।
काभ्याले भने दोहोरो जित निकाल्यो । काभ्याले सिद्धार्थ बनस्थलीलाई १–० गोलले हरायो । काभ्याका लागि रौनक बस्नेतले निर्णायक गोल गरे । उक्त खेलमा सिद्धार्थका ऋजेन्द्र पोखरेल ‘म्यान अफ दी म्याच’ घोषित भए ।
अर्को खेलमा काभ्याले रिलायन्सलाई १–० गोलले हरायो । काभ्याका लागि दिप्सन श्रेष्ठले निर्णायक गोल गरे । उक्त खेलमा रिलायन्सका दिवासन राई ‘म्यान अफ दी म्याच’ बने । चेल्सी वल्र्ड स्कुल र नेपाल पुलिस स्कुलले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
पुलिस स्कुलले मनास्लुलाई १–० गोलले पाखा लगायो । पुलिस स्कुलका सनिश आले मगरले गोल गरे । मनास्लुका दिप्सन अधिकारी ‘म्यान अफ दी म्याच’ घोषित भए । अर्को खेलमा चेल्सीले पुलिस स्कुललाई ३–० गोलले हरायो ।
उक्त खेलमा चेल्सी स्कुलका लागि दर्शित थापा, सुवास तामाङ र रोविन श्रेष्ठले एक–एक गोल गरे । पुलिस स्कुलका सुदिप तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए । मंगलबारको खेलसँगै क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । क्वार्टरफाइनलमा पिस प्वाइन्ट र पुलिस, काष्ठमण्डप र काभ्या, चेल्सी र इस्टपोल तथा लोयल्टी ‘बी’ र ब्रम्हकुञ्जबिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण