आमा बन्दै दीपिका पादुकोण
नयाँ दिल्ली । लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । त्यसपछि दीपिका गर्भवति भएको र आफ्नो बेबी बम्प लुकाउने प्रयास गरेको अफवाह उड्न थाल्यो । यिनै अफवाहहरूबिच दीपिका पादुकोण र रणवीर सिंहको नजिकका एक स्रोतले अभिनेत्री गर्भवति रहेको खबरको पुष्टि गरेका छन् ।
सिंह दम्पत्ति निकट स्रोतले द वीक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनीको गर्भधारण पुष्टि गरेका हुन् । दीपिका गर्भवती भएको ४ महिनाभन्दा बढी भइसकेको बताइएको छ । बाफ्टा समारोहमा दीपिका प्रस्तोताको रुपमा सहभागी भएकी थिइन् । यो समारोहमा उनले डिजाइनर सब्यसाचीले डिजाइन गरेको झिलिमिली साडी लगाएकी थिइन् । समारोहमा खिचिएका दीपिकाका धेरै तस्बिर भाइरल भएका थिए ।
दीपिका पादुकोणले सिंगापुर भोगलाई दिएको अन्तर्वार्तामा २ महिनाअघि छिट्टै परिवार सुरु गर्ने इच्छा व्यक्त गरेकी थिइन् । कुराकानीका क्रममा उनलाई आमा बन्ने योजनाबारे सोधिएको थियो । यसबारे दीपिकाले भनेकी थिइन्, ‘पक्कै, रणवीर र म दुबैलाई बच्चाहरू निकै मन पर्छ । हामी दुबै त्यो दिनको पर्खाइमा छौँ, जुन पदन हामी आफ्नो परिवार शुरु गर्नेछौं ।’
दीपिकाले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । दुबैको भेट पहिलो पटक फिल्म गोलियों की रासलीलाः रामलीलाको सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको प्रेम सम्बन्धपछि विवाह गरे । दीपिका र रणवीरले गोलियों की रासलीलाः रामलीलाबाहेक पद्मावत, बाजीराव मस्तानी र ८३ मा सँगै काम गरिसकेका छन् । रणवीरको फिल्म सर्कसमा दीपिकाले क्यामियो गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण