आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा अस्थायी युद्धविराम गर्न अमेरिकाको माग

मङ्गलबार, ०८ फागुन २०८०, १८ : २८
मङ्गलबार, ०८ फागुन २०८०

वाशिङटन डीसी । अमेरिकाले गाजामा अस्थायी रुपमा युद्धविरामको प्रस्ताव गरेको छ । संयुक्त राष्ट्र संघ (यूएन)को सुरक्षा परिषद्मा अमेरिकाले एउटा मस्यौदा प्रस्ताव बुझाएको प्रस्तावमा अमेरिकाले राफा सहरमा अतिक्रमण नगर्न पनि इजराययलाई चेतावनी दिएको छ ।

युद्धबारे यूएनमा भएको मतदानमा अमेरिकाले यस अघि युद्धविराम भन्ने शब्द प्रयोग गरेको थिएन । तर राष्ट्रपति जो बाइडेनले यस्तै खालको प्रतिक्रिया भने दिएका थिए । अमेरिकाले मानवीय आधारमा तत्कालै युद्धविरामको माग गर्दै अल्जेरियाले पेश गरेको अर्को मस्यौदा प्रस्तावमा भने भिटो लगाउने योजना बनाइ रहेको छ ।

युद्धअघि इजिप्टको सीमासँग जोडिएको राफा सहरमा जम्मा २ लाख ५० जति मानिस बस्थे । युद्ध शुरु भएयता यो सहरमा मान्छेको भिड लागेको छ । पछिल्लो समय इजरायलले यो सहरमा आक्रमण तीव्र पारेको छ । यूएनले पनि आफ्नो तर्फबाट छुट्टै चेतावनी जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप