गाजामा अस्थायी युद्धविराम गर्न अमेरिकाको माग
वाशिङटन डीसी । अमेरिकाले गाजामा अस्थायी रुपमा युद्धविरामको प्रस्ताव गरेको छ । संयुक्त राष्ट्र संघ (यूएन)को सुरक्षा परिषद्मा अमेरिकाले एउटा मस्यौदा प्रस्ताव बुझाएको प्रस्तावमा अमेरिकाले राफा सहरमा अतिक्रमण नगर्न पनि इजराययलाई चेतावनी दिएको छ ।
युद्धबारे यूएनमा भएको मतदानमा अमेरिकाले यस अघि युद्धविराम भन्ने शब्द प्रयोग गरेको थिएन । तर राष्ट्रपति जो बाइडेनले यस्तै खालको प्रतिक्रिया भने दिएका थिए । अमेरिकाले मानवीय आधारमा तत्कालै युद्धविरामको माग गर्दै अल्जेरियाले पेश गरेको अर्को मस्यौदा प्रस्तावमा भने भिटो लगाउने योजना बनाइ रहेको छ ।
युद्धअघि इजिप्टको सीमासँग जोडिएको राफा सहरमा जम्मा २ लाख ५० जति मानिस बस्थे । युद्ध शुरु भएयता यो सहरमा मान्छेको भिड लागेको छ । पछिल्लो समय इजरायलले यो सहरमा आक्रमण तीव्र पारेको छ । यूएनले पनि आफ्नो तर्फबाट छुट्टै चेतावनी जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण