आगामी तीन वर्षमा राजस्व वृद्धिदर १७.३ रहने अनुमान
काठमाडौँ । सरकारले आगामी तीन वर्षमा राजस्व वृद्धिदर १७.३ रहने अनुमान गरेको छ । राष्ट्रिय योजना आयोगको राष्ट्रिय स्रोत अनुमान समितिले सोमबार तीन आर्थिक वर्ष (२०८१/८२, २०८२/८३ र २०८३/८४) को राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दै यस्तो अनुमान गरेको हो ।
योजना आयोगले आर्थिक वर्ष २०८१/८२ मा राजस्व वृद्धिदर १६.४ प्रतिशत रहने अनुमान गर्दै आर्थिक वर्ष २०८२/८३ मा यस्तो राजस्व वृद्धिदर २०८२/८३ मा १६.८ प्रतिशत रहने अनुमान गरेको छ ।
तथापि, चालु आर्थिक वर्षका लागि १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा माघसम्ममा मुस्किलले ६ खर्ब ३ अर्ब रुपैयाँ बराबर मात्र उठाउन सकेको छ । यस्तो स्थितिले आगामी तीन वर्षमा १७ प्रतिशतमाथिको राजस्व वृद्धि सरकारमाथि चुनौतीपूर्ण देखिँदैछ ।
- ७ प्रतिशतको आर्थिक वृद्धि
यसैगरी राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य समेत राखेको छ । बजेटमार्फत सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखे पनि सो पुरा हुने सम्भावना देखिएको छैन ।
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ मा ६.५ प्रतिशत र आर्थिक वर्ष २०८३/८४ मा अधिकतम ७ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिसकेको छ ।
यता आन्तरिक मौद्रिक स्थिति आगामी तीन वर्षमा मुद्रास्फीति समान ५.५ प्रतिशतको सीमामा राख्ने योजना आयोगले जनाएको छ ।
यस्तै सरकारले आगामी तीन आर्थिक वर्षहरूमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा आन्तरिक ऋणको आकार क्रमशः ४.४ प्रतिशतले, ४.५ प्रतिशतले र ४.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । तथापि, वैदेशिक सहायताको अनुमान मन्त्रालयबाट प्राप्त विवरणमा आधारित हुने योजना आयोगले प्रष्ट पारेको छ ।
- ७ खर्ब ५१ अर्ब सार्वजनिक ऋण उठाइने
यसैगरी राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन आर्थिक वर्षको बजेट व्यवस्थापनसँगै खर्चको अनुमान गरेकोमा आर्थिक वर्ष २०८३/८४ ७ खर्ब ५१ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ ।
स्रोत व्यवस्थापनमा आन्तरिक र बाह्य ऋण तथा आर्थिक सहायताको अनुमानित खाका बनाएको आयोगले आर्थिक वर्ष २०८१/८२ मा ५ खर्ब ५५ अर्ब, आर्थिक वर्ष २०८२/८३ मा ६ खर्ब ४७ अर्ब र २०८३/८४ मा ७ खर्ब ५१ अर्ब ४ करोड रुपैयाँ सार्वजनिक ऋणको अनुमान गरेको हो ।
जसमध्ये आन्तरिक ऋणको हिस्सा क्रमशः २ खर्ब ९५ अर्ब, ३ अर्ब ३५ अर्ब र ३ खर्ब ७७ अर्ब रुपैयाँ हुनेछ भने बाह्यतर्फ अनुदान र ऋण सहायता गरी क्रमशः २ खर्ब ६० अर्ब, ३ खर्ब १२ अर्ब र ३ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ ।
चालु आर्थिक वर्षका लागि विनियोजित १७ खर्ब ५१ अर्बको बजेट कार्यान्वयनकै चरणमा रहँदै गर्दा आर्थिक वर्ष २०८१/८२ को बजेट तयारी गरिरहेको योजना आयोगले सरकारलाई १८ खर्बको बजेट सिलिङ दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण