एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सुरु
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बुधवार (आज) पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेताहरूले प्रस्तुत गरेका कार्य योजनामाथि नौ वटा समूह बनाएर छलफल सुरु भएको हो ।
मंगलवारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई समाधान गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाकासहितको कार्ययोजना प्रस्तुत गरेका थिए । सोही कार्य योजनामाथि समूहगत रूपमा छलफल सुरु गरिएको हो ।
एमालेले पुष्पलाल मध्य पहाडी लोक मार्गमा पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई बुझाएको छ । सोही सुझाव पत्र कार्यान्वयनका लागि बैठकले सरकारलाई दबाब दिने पनि पार्टीका उपमहासचिव ज्ञवालीले बताए ।
भोलि (बिहीबार) सम्म चल्ने बैठकमा प्रस्तुत कार्य योजनामाथि छलफल गर्न एमालेले स्थायी कमिटी, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू गरी नौ समूह बनाएको छ । समूहले प्रस्तुत गरेको निष्कर्षलाई समेत सम्बोधन हुने गरी अध्यक्ष ओलीले सम्बोधन गरेपछि बैठक समापन हुनेछ । बैठकको सुरुमै अध्यक्ष ओलीले सरकार पूर्णतः असफल रहेको उल्लेख गर्दै जनताको पक्षमा काम गर्न दबाब आन्दोलनको तयारीमा रहन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण