डेभिड वार्नर र एरोन फिन्चलाई ग्लेन म्याक्सवेलले उछिने
काठमाडौँ । ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेल अस्ट्रेलियाका लागि सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी बनेका छन् । वेलिङ्टनमा बुधबार सम्पन्न न्युजिल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ वर्षीय म्याक्सवेलले यस्तो कीर्तिमान बनाएका हुन् ।
म्याक्सवेलले एरोन फिन्च र डेभिड वार्नरको कीर्तिमान तोडेका हुन् । म्याक्सवेलले हालसम्म अस्ट्रेलियाका लागि एक सय चारवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । एरोन फिन्च र डेभिड वार्नरले भने एक सय तीनवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
न्युजिल्यान्डविरुद्ध बुधबार सम्पन्न पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा म्याक्सवेलले ११ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २५ रन पनि बनाए । उक्त खेलमा भ्रमणकारी टोली अस्ट्रेलिया ६ विकेटले विजयी भयो । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।
म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रियमा हालसम्म ३०.५९ को औसतले कुल दुई हजार चार सय १७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय ४५ रन हो । उनले टी–२० अन्तर्राष्ट्रियमा ४० विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण