मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय क्षेत्र पूर्वाधार कार्यक्रमबारेको ‘भ्याकेट’मा चैत ३० गते सुनुवाइ हुने

बुधबार, ०९ फागुन २०८०, २२ : ००
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गराउन सर्वोच्च अदालतमा दिइएको ‘भ्याकेट’ निवेदनमा आगामी चैत ३० गते सुनुवाइ हुने भएको छ ।

संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार पेसी तोकिए पनि विपक्षीले जानकारी नपाएका कारण इजलासले सुनुवाइ अघि बढाउन नसकेको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाशकुमार ढुंगाना र सुष्मालता माथेमासहितको इजलासले विपक्षीलाई जानकारी दिन आदेश गर्दै चैत ३० मा सुनुवाइ हुने गरी पेसी तोकेको छ ।

सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पाँच करोडसम्म खर्च पाउने गरी सरकारले अघि सारेको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गराउन संघीय संसद सचिवालयले भ्याकेट निवेदन दिएको थियो ।

प्रमुख दलहरुको सहमतिमा संसद् सचिवालयको कानुन महाशाखाले यसअघिको अन्तरिम आदेश पुनरावलोकनका लागि भ्याकेट दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप