आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

एमाले नेताहरुले भने– पार्टीको संसदीय भूमिका कमजोर भयो

बुधबार, ०९ फागुन २०८०, १८ : ५३
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रीय समिति सदस्यहरुले पार्टीको संसदीय भूमिका कमजोर भएको आवाज उठाएका छन् । बुधबार च्यासलमा केन्द्रीय समिति सदस्यहरुले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रस्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि आवश्यक निर्देशन दिनुपर्ने माग उडाएका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विकास निर्माण सम्बन्धी र जनताका सरोकारका मुद्दाहरुमा पार्टीका तर्फबाट अगुवाइ र नेतृत्व गर्नेगरी उठाउनुपर्ने आवाज उठेको बताए । उनले बुधबारको बैठकमा विभाजित भएका नौ वटा समूहहरुमा पार्टीमा प्रस्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरुमाथि सविस्तार छलफल भएको बताए । उनले बिहीबारको बैठकमा छलफल भएका कुरालाई राख्नेगरी नेतृत्व तोकिएको बताए ।

उनले भने, ‘पार्टी केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन हिजो विभाजित भएका नौ वटा समूहहरुमा पार्टीमा प्रस्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरुमाथि सविस्तार छलफल भएको छ । विभाजित भएका नौ वटा टिमहरुमा प्रत्येक टिमबाट प्रस्तुत कार्ययोजनालाई भोलि केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नेगरी टिम लिडर तोकिएको छ । कोशीबाट पार्टी अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशमा चण्डेश्वर मण्डल, वागमतीमा कैलाश ढुंगेल, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधेकृष्ण कँणेल, कर्णालीमा गुलावजंग शाह र सुदूरपश्चिममा कृष्णप्रसाद जैसीले र जनसंगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी सदस्य पेम्बा लामाले आफ्नो समूहको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।’

प्रचार विभाग प्रमुख गौतमलले प्रस्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने, पार्टीभित्र एउटा आचारसंहीता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरु, विधि पद्धतिका कुराहरुलाई नियन्त्रण गर्नुपर्ने, त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेको बताए ।  

Press Statement Fagun 9_page-0001

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप