लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै उत्कृष्ट
बुटवल। बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सो अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मूल्यांकन समितिले जनाएको छ ।
न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा.सुदर्शन थापाले रातोपाटीलाई बताए ।

लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षण पश्चात दुई दिनसम्म बुटवलमा अयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।
मूल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्युट काठमाडौँ रहेको थियो । लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण