मादी गाउँपालिकाको स्थापना दिवसमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने
पोखरा । कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पालिकाको आठौँ स्थापना दिवसमा पालिकास्तरीय भलिबल प्रतियोगिता गर्न लागिएको हो । फागुन २७ देखि २९ गतेसम्म याङजाकोटमा प्रतियोगिता हुनेछ ।
प्रतियोगिताका विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनले २ लाख र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्ने अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । यस्तै, चौथो हुनेले पनि ५० हजार पाउने छ । विभिन्न विधाका खेलाडीलाई थप पुरस्कारको व्यवस्था गरिएको छ ।
खेलकुदसँगै पर्यटन विकासका लागि कार्यक्रम राखिएको गुरुङले बताए । ‘मादीमा पर्यटनको अथाह सम्भावना छन् । तर प्रवर्द्धन हुन सकेको छैन,’ उनले भने, ‘हामी खेलकुद र विभिन्न कार्यक्रम मार्फत पर्यटनमा जोड्न चाहन्छौँ ।’ नेपालकै होचो स्थानमा रहेको कपुचे हिमताल मादीमै पर्छ ।
कार्यक्रमको अवसरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना हुनेछ । मादीका विद्यालयमा कार्यरत शिक्षकबिच हाजिरी जवाफ प्रतियोगिता पनि हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० रुपैयाँ र ५ हजार रुपैयाँ पाउनेछन् ।
उक्त अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, कृषक, उपभोक्ता समिति, टोल सुधार समिति, सहकारीमा आबद्ध व्यक्तिहरूलाई सम्मान गर्ने तयारी छ भने ज्येष्ठ नागरिकलाई ग्राम पिता र माता घोषणा गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण