मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मादी गाउँपालिकाको स्थापना दिवसमा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने

बुधबार, ०९ फागुन २०८०, २२ : ३७
बुधबार, ०९ फागुन २०८०

पोखरा । कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पालिकाको आठौँ स्थापना दिवसमा पालिकास्तरीय भलिबल प्रतियोगिता गर्न लागिएको हो । फागुन २७ देखि २९ गतेसम्म याङजाकोटमा प्रतियोगिता हुनेछ ।

प्रतियोगिताका विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनले २ लाख  र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्ने अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । यस्तै, चौथो हुनेले पनि ५० हजार पाउने छ । विभिन्न विधाका खेलाडीलाई थप पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलकुदसँगै पर्यटन विकासका लागि कार्यक्रम राखिएको गुरुङले बताए । ‘मादीमा पर्यटनको अथाह सम्भावना छन् । तर प्रवर्द्धन हुन सकेको छैन,’ उनले भने, ‘हामी खेलकुद र विभिन्न कार्यक्रम मार्फत पर्यटनमा जोड्न चाहन्छौँ ।’ नेपालकै होचो स्थानमा रहेको कपुचे हिमताल मादीमै पर्छ ।

कार्यक्रमको अवसरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना हुनेछ । मादीका विद्यालयमा कार्यरत शिक्षकबिच हाजिरी जवाफ प्रतियोगिता पनि हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० रुपैयाँ र ५ हजार रुपैयाँ पाउनेछन् ।

उक्त अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, कृषक, उपभोक्ता समिति, टोल सुधार समिति, सहकारीमा आबद्ध व्यक्तिहरूलाई सम्मान गर्ने तयारी छ भने ज्येष्ठ नागरिकलाई ग्राम पिता र माता घोषणा गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप