आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्ज हट्यो कर्फ्यु

बुधबार, ०९ फागुन २०८०, २२ : ५४
बुधबार, ०९ फागुन २०८०

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु पूर्ण रूपमा हटाएको छ। बुधवार राति १० बजेदेखि लागू हुनेगरी स्थानीय प्रशासनले कर्फ्यु हटाएको हो । 

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को उपदफा ५ बमोजिम कर्फ्यु हटाइएको जानकारी दिएका छन् । रौतहटको इसनाथ नगरपालिकामा मूर्ति सेलाउने विषयमा दुई समुदायबिच भएको झडपलाई लिएर वीरगन्जमा हिन्दु समाजका कार्यकताहरुले सोमबार प्रदर्शन गर्नुको साथै बजार बन्द गराएका थिए । 

यही क्रममा दुई समुदायबिच विवाद बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यही सोमबार साँझ ५ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

parsa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप