बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष नेपाल र युरोपियन युनियनका नवनियुक्त राजदूतबिच भेटवार्ता

बिहीबार, १० फागुन २०८०, ११ : १५
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग यूरोपियन यूनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् ।  बिहीबार बिहान अध्यक्ष नेपाल र राजदूत लोरेन्जोबिच पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । 

भेटमा अध्यक्ष नेपालले राजदूत भेरोनिकलाई नेपालमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए । सो अवसरमा नेपाल र यूरोपियन युनियन तथा यसका सदस्य राष्ट्रहरूबिचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप