चुनढुङ्गा खानी सञ्चालनबाट मकवानपुरमा मानवीय बस्तीमा असर पर्यो : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मकवानपुरका विभिन्न पालिकामा चुनढुङ्गा खानी सञ्चालनबाट मानवीय बस्ती जोखिममा रहेका बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिमेन्ट कम्पनीले अव्यवस्थित ढंगले खानी सञ्चालन गरेका कारण समस्या भएको बताए ।
उनले भने– ‘मकवानपुर गढी गाउँपालिकामा सिमेन्ट उद्योगले खानी सञ्चालन गरिरहेको छ । जुन खानी असाध्यै अव्यवस्थित ढङ्गबाट, मापदण्डभन्दा बाहिरबाट गएर सञ्चालन गरेका कारण त्यहाँको ठुलो मानवीय बस्ती जोखिममा छ । त्यहाँ सुकौरा, डुम्रे, धमिले, झल्ला, चौकीटोल ठुलो मानव बस्तीमा असर गर्ने गरी खानी उत्खनन् भइरहेको छ । उत्खनन् गरेको सामग्री जथाभाबी अव्यवस्थित ढङ्गबाट सामरी खोलामा फालिँदा त्यहाँको विद्यालय खेतीयोग्य जमिनमा असर गरेको छ ।’
उनले देशभरिका यस्ता खालका खानीको अध्ययन गरेर समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण