मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चुनढुङ्गा खानी सञ्चालनबाट मकवानपुरमा मानवीय बस्तीमा असर पर्‍यो : महेश बर्तौला

बिहीबार, १० फागुन २०८०, ११ : ४३
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मकवानपुरका विभिन्न पालिकामा चुनढुङ्गा खानी सञ्चालनबाट मानवीय बस्ती जोखिममा रहेका बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिमेन्ट कम्पनीले अव्यवस्थित ढंगले खानी सञ्चालन गरेका कारण समस्या भएको बताए । 

उनले भने– ‘मकवानपुर गढी गाउँपालिकामा सिमेन्ट उद्योगले खानी सञ्चालन गरिरहेको छ । जुन खानी असाध्यै अव्यवस्थित ढङ्गबाट, मापदण्डभन्दा बाहिरबाट गएर सञ्चालन गरेका कारण त्यहाँको ठुलो मानवीय बस्ती जोखिममा छ । त्यहाँ सुकौरा, डुम्रे, धमिले, झल्ला, चौकीटोल ठुलो मानव बस्तीमा असर गर्ने गरी खानी उत्खनन् भइरहेको छ । उत्खनन् गरेको सामग्री जथाभाबी अव्यवस्थित ढङ्गबाट सामरी खोलामा फालिँदा त्यहाँको विद्यालय खेतीयोग्य जमिनमा असर गरेको छ ।’

उनले देशभरिका यस्ता खालका खानीको अध्ययन गरेर समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाउन माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप