कांग्रेस बैठक
कांग्रेस पदाधिकारी बैठक सम्पन्न, महासमिति समापनको विधि तय
बिहीबार, १० फागुन २०८०, ११ : ५७
_4509qww9MS.jpg)
काठमाडौँ । महासमिति बैठक समापनको विधि तय गर्दै नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भर्खरै सम्पन्न भएको छ ।
बैठकमा महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनहरू सहजतापूर्वक निष्कर्षमा पुर्याउनेबारे छलफल भएको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रातोपाटीलाई बताए ।
ललितपुरको गोदावरी भिलेज रिसोर्टमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा जुटेका थिए ।
महासमितिको बन्द सत्रमा ७ प्रदेशका सभापतिले प्रदेशगत निष्कर्ष सुनाउने र त्यसलाई पार्टीको केन्द्रीय समितिको तर्फबाट उपसभापति पूर्ण बहादुर खड्काले सम्बोधन गरी बन्द सत्र टुङ्ग्याउने निर्णय बैठकले लिएको छ ।
यस्तै समापन समारोहमा पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई छोटो मन्तव्य व्यक्त गर्न दिने र पार्टी सभापति शेर बहादुर देउवाले अन्तिममा सम्बोधन गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र लगायतका नेताको रिहाइको माग गर्दै रिले अनसन (तस्बिरहरू)
-
मन्त्रीको निर्देशनमा रोकिएको श्वेतपत्र सार्वजनिक गर्दै विद्युत् प्राधिकरण
-
बागमती प्रदेशस्तरीय स्पोटर्स अवार्ड जेठमा हुने
-
अमेरिकासँग सम्भावित व्यापार वार्ताको मूल्याङ्कन गर्दै छ चीन
-
तनावपूर्ण वातावरणमा डिप्रेसनबाट यसरी रहनुस् टाढा
-
‘झिल्को’ रिलिज, कति छ शो ?