कांग्रेस बैठक
कांग्रेस पदाधिकारी बैठक सम्पन्न, महासमिति समापनको विधि तय
बिहीबार, १० फागुन २०८०, ११ : ५७
काठमाडौँ । महासमिति बैठक समापनको विधि तय गर्दै नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भर्खरै सम्पन्न भएको छ ।
बैठकमा महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनहरू सहजतापूर्वक निष्कर्षमा पुर्याउनेबारे छलफल भएको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रातोपाटीलाई बताए ।
ललितपुरको गोदावरी भिलेज रिसोर्टमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा जुटेका थिए ।
महासमितिको बन्द सत्रमा ७ प्रदेशका सभापतिले प्रदेशगत निष्कर्ष सुनाउने र त्यसलाई पार्टीको केन्द्रीय समितिको तर्फबाट उपसभापति पूर्ण बहादुर खड्काले सम्बोधन गरी बन्द सत्र टुङ्ग्याउने निर्णय बैठकले लिएको छ ।
यस्तै समापन समारोहमा पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई छोटो मन्तव्य व्यक्त गर्न दिने र पार्टी सभापति शेर बहादुर देउवाले अन्तिममा सम्बोधन गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण