महासमिति बैठकमा ‘उद्यमशील युवा कांग्रेस’ अभियानको हस्ताक्षर संकलन
ललितपुर । नेपाली कांग्रेस महासमिति बैठक स्थल गोदावरीमा कांग्रेस युवा नेता रञ्जित कर्णको नेतृत्वमा ‘उद्यमशील युवा कांग्रेस’ अभियानको हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरिएको छ । कांग्रेसका ७ वटै प्रदेश र डायस्पोराबाट प्रतिनिधित्व गर्ने ९ जना महासमिति सदस्यहरूको समूहले १२ बुँदे सङ्कल्प प्रस्तावसहित महासमिति बैठक स्थलमा ‘उद्यमशील युवा कांग्रेस’ अभियानको हस्ताक्षर संकलन गरिरहेका छन् ।
सप्तरीबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य कर्णको संयोजकत्वमा गण्डकी प्रदेशको पर्वतबाट महासमिति सदस्य राजेन्द्र तिवारी, लुम्बिनीको रुपन्देहीबाट प्रकाश राना, कोशीको ओखलढुङ्गाबाट लिलाबल्लभ दाहाल, मधेशको धनुषाबाट मनहरी श्रेष्ठ, कर्णालीको हुम्लाबाट अर्जुन महतरा, बाग्मती प्रदेशको रामेछापबाट विनिता खड्का, सुदूरपश्चिमको डोटीबाट सोफानसिंह बोहोरा र डायस्पोराबाट क्यानडाबाट महासमिति सदस्य चन्दा अधिकारी सहितको समूहले ‘उद्यमशील युवा कांग्रेस अभियान’ को हस्ताक्षर संकलन गरिरहेको छ । अभियानकर्ताहरू उद्यमशीलतासँग जोडिएका छन् ।

महासमिति बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू, प्रभावशाली नेताहरू, युवा नेताहरू, महासमिति सदस्यहरूले यो अभियानमा ऐक्यबद्धतासहित हस्ताक्षर गरिरहेका छन्। सो अभियानमा महामन्त्री गगन थापा, नेता शेखर कोइराला, शंकर भण्डारी , मिनेन्द्र रिजाल लगायतले हस्ताक्षर गरेका छन्।
कर्णको नेतृत्वमा ९ जना युवा नेताहरूले १२ बुँदे सङ्कल्प प्रस्ताव तयार गरेका छन्। उद्यमशील युवा कांग्रेस अभियान, अबको १० वर्षमा विकसित देश, मापदण्ड बनाई क्रियाशील सदस्यता वितरण, लोकतान्त्रिक विधिबाट उम्मेदवार चयनलगायत १० बुँदे सङ्कल्प प्रस्ताव तयार गरिएको छ।

‘हाम्रो मुख्य उद्देश्य उद्यमशीलता सहितको राजनीति हुनुपर्छ, कांग्रेसका हरेक तहका नेता, कार्यकर्ता उद्यमशीलतासँग जोडिनुपर्छ, त्यसले राजनीतिमा भइरहेको भ्रष्टीकरण अन्त्य गर्न मद्दत पुग्छ । कांग्रेसले महासमिति बैठकमा पार्टीको नीति बनाउनुपर्छ । यसले अरू राजनीतिक दललाई पनि राष्ट्रिय सन्देश जान्छ । अहिले भइरहेको राजनीतिक भ्रष्टीकरणको नियन्त्रण र युवाहरूमा उद्धमशिलताको विकास हामी आफूबाटै थालनी गर्नुपर्छ,’ हस्ताक्षर संकलन अभियानका संयोजक कर्णले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण