नेपाली शान्ति सैनिकहरूको अदलीबदली
बिहीबार, १० फागुन २०८०, १२ : ३९
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली सैनिकहरूको अदलीबदली गरिएको छ ।
श्री भवानीबक्स गण (शा.से.), पाँचौं डफ्फालाई बदली गर्नको लागि श्री दि फेमश महिन्द्रदल गण (शा.से.), छैठौं डफ्फाका ११७ जना नेपाली शान्ति सैनिकहरू सेनानी दीपेश राना मगरको नेतृत्वमा यूएन चार्टर्ड विमानमार्फत बुधबार काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेका हुन् ।
सो मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका ११६ जना नेपाली शान्ति सैनिकहरू सेनानी आदित्य कार्कीको नेतृत्वमा मंगलबार स्वदेश फर्किएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका १२४१ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण