सभापति लामिछाने र ईयूका राजदूत लोरेन्जोबिच भेटवार्ता
काठमाडौँ । नेपालका लागि यूरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेकी छन् । बिहीबार रास्वपा पार्टी कार्यालयमा लोरेन्जोले सभापति लामिछानेसँग भेटवार्ता गरेकी हुन् ।
उनीहरुबिच नेपाल र ईयूको ५० वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा छलफल भएको थियो । सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि ईयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिष्ट’बाट हटाउन पहलको लागि अनुरोध गरे ।
प्रतिउत्तरमा राजदूत लोरेन्जोले नेपालले हवाई सुरक्षाका लागि दीर्घकालीन योजना बनाउन आवश्यक रहेको औँल्याइन् । भेटवार्तामा सभापति लामिछानेले ऊर्जा, आइटीजस्ता क्षेत्रमा नेपालका लागि विदेशी लगानी र प्राविधिक सहयोग आवश्यक रहेको र त्यसमा ईयूले अझै सकारात्मक योगदान दिने अपेक्षा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण