बराल उपकुलपतिमा नियुक्त भएपछि के भन्छन् बुढाथोकी र धमला ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भए । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । सिफारिस समितिमा दोस्रो नम्बरमा रहेका बराल त्रिविको २० औँ उपकुलपति बनेका हुन् ।
बरालको नियुक्तिपछि अन्य दुई प्रतिस्पर्धीले शुभकामना दिएका छन् । सिफारिसमा पहिलो नम्बरमा रहेका प्राडा चित्रबहादुर बुढाथोकीले कार्यसफलताको शुभकामना दिँदै आफू पहिलो नम्बरमा परेकाले नियुक्ति हुनेमा आशावादी रहेको बताए ।
रातोपाटीसँगको कुराकानीमा बुढाथोकीले कुलपतिको मेरिटोक्रेसीको आधारमा उपकुलपति नियुक्ति गर्ने प्रतिबद्धताका आधारमा आफू आशावादी रहेको बताए ।
‘म एक नम्बरमा थिए । कुलपतिले भन्दै आउनुभएको मेरिटमा उत्कृष्ट मान्छे ल्याउँछ भनेको आधारमा म अलिकति आशावादी थिए,’ बुढाथोकीले भने, ‘एक नम्बरलाई नियुक्त गर्नुहुन्छ कि भन्नेमा आशावादी थिए । तर, कुलपतिको रोजाईमा दुई नम्बरमा पर्नुभयो । यसमा मेरो केही थप प्रतिक्रिया छैन ।’
कुलपतिले दुई नम्बरमा रहेका व्यक्तिलाई केही न केही विचार गरेरै नियुक्त गर्नुभएको होला भन्ने आफूलाई लागेको उनले बताए ।
त्यस्तै सिफारिसमा तेस्रो नम्बरमा रहेका प्राडा टंकनाथ धमलाले विश्वविद्यालय राम्रोसँग चलाउन शुभकामना दिए ।
प्रक्रियामा गएर कुलपतिले बराललाई नियुक्त गरेको भन्दै यसमा आफ्नो कुनै कमेन्ट नरहेको उनले बताए । नवनियुक्त बराललाई उनले विश्वविद्यालयलाई एकेडेमिक सेन्टर बनाउन सुझाव दिए ।
‘विश्वविद्यालयलाई एकेडेमिक सेन्टर बनाउनपर्यो । पोलिटिकल र भागबण्डा सेन्टर बनाउनु भएन भन्ने हो’ धमलाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण