बराल उपकुलपतिमा नियुक्त भएपछि के भन्छन् बुढाथोकी र धमला ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भए । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । सिफारिस समितिमा दोस्रो नम्बरमा रहेका बराल त्रिविको २० औँ उपकुलपति बनेका हुन् ।
बरालको नियुक्तिपछि अन्य दुई प्रतिस्पर्धीले शुभकामना दिएका छन् । सिफारिसमा पहिलो नम्बरमा रहेका प्राडा चित्रबहादुर बुढाथोकीले कार्यसफलताको शुभकामना दिँदै आफू पहिलो नम्बरमा परेकाले नियुक्ति हुनेमा आशावादी रहेको बताए ।
रातोपाटीसँगको कुराकानीमा बुढाथोकीले कुलपतिको मेरिटोक्रेसीको आधारमा उपकुलपति नियुक्ति गर्ने प्रतिबद्धताका आधारमा आफू आशावादी रहेको बताए ।
‘म एक नम्बरमा थिए । कुलपतिले भन्दै आउनुभएको मेरिटमा उत्कृष्ट मान्छे ल्याउँछ भनेको आधारमा म अलिकति आशावादी थिए,’ बुढाथोकीले भने, ‘एक नम्बरलाई नियुक्त गर्नुहुन्छ कि भन्नेमा आशावादी थिए । तर, कुलपतिको रोजाईमा दुई नम्बरमा पर्नुभयो । यसमा मेरो केही थप प्रतिक्रिया छैन ।’
कुलपतिले दुई नम्बरमा रहेका व्यक्तिलाई केही न केही विचार गरेरै नियुक्त गर्नुभएको होला भन्ने आफूलाई लागेको उनले बताए ।
त्यस्तै सिफारिसमा तेस्रो नम्बरमा रहेका प्राडा टंकनाथ धमलाले विश्वविद्यालय राम्रोसँग चलाउन शुभकामना दिए ।
प्रक्रियामा गएर कुलपतिले बराललाई नियुक्त गरेको भन्दै यसमा आफ्नो कुनै कमेन्ट नरहेको उनले बताए । नवनियुक्त बराललाई उनले विश्वविद्यालयलाई एकेडेमिक सेन्टर बनाउन सुझाव दिए ।
‘विश्वविद्यालयलाई एकेडेमिक सेन्टर बनाउनपर्यो । पोलिटिकल र भागबण्डा सेन्टर बनाउनु भएन भन्ने हो’ धमलाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिनाथको मन्दिर कहिले बनेको थियो ?
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?