त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नियुक्ति पत्र दिएको प्रधानमन्त्री निकट स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेशा सुरू गरेका थिए ।
बरालसहित प्राडा चित्रबहादुर बुढाथोकी र प्राडा टंकनाथ धमलालाई उपकुलपतिका सिफारिस गरिएको थियो । त्रिविको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति बराल सिफारिसमा भने दोस्रो नम्बरमा थिए ।
तीमध्ये १ जनाको आवेदन खारेज भएको थियो । त्यसपछि ४२ जनामध्ये १४ जना सर्ट लिष्टमा परेका थिए । सर्ट लिष्टमा परेका १४ जनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइएको थियो । १४ जनामध्ये सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण