शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त

बिहीबार, १० फागुन २०८०, १६ : ४२
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा केशरजंग बराल नियुक्त भएका छन् । बराललाई त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नियुक्ति पत्र दिएको प्रधानमन्त्री निकट स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।

२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् ।  उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेशा सुरू गरेका थिए । 

बरालसहित प्राडा चित्रबहादुर बुढाथोकी र प्राडा टंकनाथ धमलालाई उपकुलपतिका सिफारिस गरिएको थियो । त्रिविको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति बराल सिफारिसमा भने दोस्रो नम्बरमा थिए । 

तीमध्ये १ जनाको आवेदन खारेज भएको थियो । त्यसपछि ४२ जनामध्ये १४ जना सर्ट लिष्टमा परेका थिए । सर्ट लिष्टमा परेका १४ जनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिइएको थियो ।  १४ जनामध्ये सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप