नामिबिया र नेदरल्याण्ड्सबिच आज प्रतिस्पर्धा
काठमाडौँ । आइसिसी विश्वकप लिग टू क्रिकेटमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् । नामिबिया र नेदरल्याण्ड्सबिचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । तर, काठमाडौँमा बिहीबार अपराह्न पानी परेकाले खेल ढिला गरी सुरु हुन सक्ने सम्भावना रहेको छ ।
लिग २ मा नामिबिया नेदरल्याण्ड्ससँग पहिलो खेलमा पराजित भएको थियो भने नेपालविरुद्ध भने दुवै खेल जित्दै शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो भने नामिबियालाई पराजित गरेको थियो ।
विश्वकप लिग टूमा ८ टिमले प्रतिस्पर्धा गरेका छन् । जसको शीर्ष चारमा पर्ने टिमले विश्वकपको ग्लोबल क्वालीफायरमा प्रतिस्पर्धा गर्ने छन् ।
आइसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । आजको खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण