शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले भेट्यो प्रधानमन्त्री, संघको भवन प्रक्रिया मिलाएर एनआरएनएलाई नै लिजमा दिन आग्रह

शुक्रबार, ११ फागुन २०८०, ११ : १८
शुक्रबार, ११ फागुन २०८०

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को आरके शर्मा नेतृत्वको  प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । शुक्रबार बिहान बालुवाटार पुगेर शर्मा नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र विशेष अदालतको फैसलापछि गैरआवासीय नेपाली संघको भवन सरकारीकरण भएकाले अब सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई नै दिन आग्रह गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए ।

‘अदालतको फैसलालाई सम्मान गर्दै अहिले एनआरएनए रहेको मुख्यालय लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’शर्माले भेटपछि भने,‘ सम्माननीय प्रधानमन्त्रीज्यूले नागरिकतामा पाउने अधिकारहरुको विषयमा छिटै कानुनी व्यवस्था हुने र नियम अनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दिनु भएको छ।’

प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीसँग भेटमा उपाध्यक्ष खगेन्द्र न्यौपाने, गंगाधर गौतम, पूर्वउपाध्यक्ष डिबी क्षेत्री,जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट लगायतका अभियन्ता सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप