विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा समिति सातै प्रदेशमा जाने
काठमाडौँ । विद्यालय शिक्षा विधेयक २०८० मा ‘ग्रासरूटमा’ छलफल गर्न संसद्को शिक्षा समिति सातै प्रदेशमा जाने भएको छ । अबको केही दिनभित्रमा सातै प्रदेशमा जाने र सरोकारवालासँग विधेयकका विषयमा छलफल गर्ने समितिको तयारी छ ।
समिति सभापति भानुभक्त जोशीले सातै प्रदेशमा गएर मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, स्थानीय तहका जनप्रतिनिधि लगायतसँग छलफल गर्ने कार्यक्रम बनिरहेको बताए ।
‘केही दिनमा सातै प्रदेशमा जाने तयारी छ । कांग्रेस महासचिव बैठक भर्खरै सकिएको छ । अब सचिवालयले त्यसको तयारी गरेपछि हामी सातै प्रदेशमा जान्छौँ । र त्यहाँबाट विधेयकमाथि उनीहरूका धारणा समेत लिन्छौँ’ सभापति जोशीले भने ।
यसअघि समितिले विभिन्न सरोकारवालासँग छलफल गरिसकेको छ । विभिन्न शिक्षक सङ्घ संस्थाहरू, संवैधानिक आयोगका अधिकारी, शिक्षाविद्हरू, विद्यार्थी संगठनहरू, गुठी लगायतका विशेष विद्यालय अन्तर्गतका निकायहरूसँग समितिले छलफल गरिसकेको हो । प्रदेशमा गएर सरोकारवालासँग छलफल गरेपछि समितिले दफावार छलफल अगाडि बढाउने सभापति जोशीले बताए ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा चौतर्फी आलोचना भएपछि संसदमा दफावार छलफलका लागि शिक्षा समितिमा पठाएको थियो । समितिले सरोकारवालासँग छलफल गरेर त्यसपछि मात्रै दफावार छलफलमा लान लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण