पत्रकार शाक्य र गौतमलाई प्रहरीले गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति
काठमाडौँ । नेपाल पत्रकार महासंघले समाचार सङ्कलनका क्रममा नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र संवाददाता सुनिता गौतममाथि कालीमाटी वृत्तका प्रहरीले गरेको दुर्व्यवहारको घटनाप्रति आपत्ति जनाएको छ । महासंघका सचिव रोशन पुरीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सो घटनाले स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर रहेको बताएका छन् ।
फागुन ९ गते बुधवार काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारका क्रममा ठगीमा परेकाहरूको दबाब दिने कार्यक्रममा समाचार सङ्कलनका लागि विभाग पुगेका पत्रकारद्वयलाई कालीमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीले सूचना विभागबाट जारी प्रेस पास देखाउँदासमेत दुर्व्यवहार गरेको महासंघले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘समाचार सङ्कलनका क्रममा सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र त पैसामा किन्न पाइन्छ भन्दै धम्कीको भाषा प्रयोग गर्दै प्रहरीले पत्रकारको प्रेस पास खोसेर धरपकड गर्दै भ्यानमा राखेर कालीमाटी प्रहरी वृत्त पुर्याएर कोठामा राखी क्यामेरा र मोबाइल बन्द गर्न लगाएका थिए । स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । प्रहरीले गरेको यो हर्कतले संविधान प्रदत्त स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर छ ।’
महासंघ घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र संविधान प्रदत्त प्रेसको अधिकारको सम्मान गर्दै प्रहरीबाटै हुने प्रेस विरोधी घटना दोहोरिन नदिन कडा कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण